Comments Add Comment

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बन्न नपाएपछि कोइरालाले दिए राजीनामा

२४ पुस, काठमाडौं । राष्ट्रि वाणिज्य बैंकका सञ्चालक डा. उपेन्द्र कोइरालाले पदबाट राजीनामा दिएका छन् । बैंकको सञ्चालक समिति अध्यक्ष बन्न नपाएपछि कोइरालाले अर्थमन्त्रालयमा राजीनामा बुझाएका हुन् ।

बैंकको अध्यक्ष बनाउने तयारीका साथ सरकारले उनलाई सञ्चालक नियुक्त गरेको थियो । उपप्रधानमन्त्री इश्वर पोखरेलका सम्धी भएका कारण अध्यक्ष बनाउन लागिएको भन्दै तीव्र आलोचना भएपछि उनी अध्यक्ष बन्न पाएनन् ।

अध्यक्षमा अर्थमन्त्रालयका सहसचिव धनीराम शर्मा नियुक्त भएपछि असन्तुष्ट बनेका कोइरालाले अर्थमन्त्रीलार्य सम्वोधन गर्दै राजीनामा बुझाएका छन् । अर्थमन्त्रालयका एक अधिकारीले दिएको जानकारी अनुसार उनको राजीनामा आजै स्वीकृत हुनेछ । राजीनामा स्वीकृत गरेर सोको जानकारी आजै वा आइतबार बैंक सम्म पुग्ने ति अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment