Comments Add Comment

हिमालयन बैंकको २० प्रतिशत लाभांश पारित

हिमालयन बैंक लिमिटेडको अठ्ठाइसौं वाषिर्क साधारण सभा सम्पन्न भएको छ । कम्पनी ऐन, २०६३, बैंकको नियमावली तथा प्रचलित नेपाल कानून अनुसार बोलाइएको बैंकको बाषिर्क साधारण सभा कोभिड-१९को महामारीको कारण नेपाल सरकारद्वारा जारी स्वस्थ्य सम्बन्धी मापदण्डको पालना गर्दै भिडियो कन्फ्रेन्सको माध्यमबाट संचालन गरियो।

उक्त साधारण सभाले शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश  (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पुँजी रु. १० अर्ब ६८ करोड ४४ लाख ८ सय २८ पुग्ने छ ।

सभामा सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन प्रस्तुत गरिएको थियो ।   ग्राहकवर्गले बैंक प्रति गरेको विश्वास तथा व्यवस्थापनको सिर्जनात्मक क्रियाशीलताबाट बैंकले निरन्तर  प्रगति गरिरहेको जानकारी गराइयो ।

यसका साथै २८ वर्ष देखि निरन्तर सेवारत हिमालयन बैंक नेपालको वित्तिय क्षेत्रको अग्रणी मध्येको सुरक्षित र भरपर्दो बैंक भएको तथा नवीन, सुरक्षित तथा अत्याधुनिक बैंकिङ्ग प्रणालीको विकास गर्दै जनताको विश्वास अनुरुप अझ सुलभ तथा स्तरीय सेवा पुर्‍याउने लक्ष्यमा बैंक स प्रतिबद्ध  रहेको व्यहोरा सभा समक्ष व्यक्त गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment