
२५ पुस, काठमाडौं । इण्डोनेसियाको राजधानी जाकार्ताबाट उडान भरेको केही समयमै सम्पर्कविहीन भएको विमान समुद्रमा खसेको आशंका गरिएको छ ।
श्रीविजया एयरको बोइङ ७३७ जाकार्ताबाट वेष्ट कलिमनतन प्राप्तको आकासमा पुग्दा सम्पर्कविहीन भएको थियो । २६ वर्ष पुरानो यो विमानमा ६२ जना सवार थिए । ५६ यात्रु थिए, जसमध्ये ३ शिशु र ७ बालबालिका छन् ।
दुई पाइलट र चार चालक दलका सदस्य थिए ।
फ्लाइट राडर २४ का अनुसार विमान एक मिनेटभन्दा कम समयमा १० हजार फिट तल झरेको थियो ।
यो विमान समुद्रमा खसेको आशंका गरिएको छ । समुद्रमा केही शंकास्पद शवशेषहरु पनि भेटिएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार उनीहरुले ठूलो आवाज सुनेका थिए ।
सोलिहिन नाम गरेका एक व्यक्ति, जो माछा मार्ने काम गर्थे,ले बीबीसी इण्डानेसिया सर्भिसलाई बताएका छन् कि उनले विमान दुर्घटना भइरहेको देखेका थिए ।
लगतै आफ्नो क्याप्टेनका साथ समुद्रमा गए । उनले भनेका छन्, ‘विमान बिजुली झै समुद्रमा खस्यो र पानीमा विस्फोट भयो ।’ विमानका केही अवशेष पनि भेटिएको छ ।
त्यहाँको नेशनल रिसर्च एण्ड रेस्क्यू एजेन्सीका अधिकारीहरुले भने दुघर्टना स्थल पत्ता लगाउने प्रयास भइरहेको बताएका छन् । समुद्रको एक स्थानमा अवशेषहरु भेटिएको स्वीकार गर्दै एक अधिकारीले भनेका छन्, ‘समुद्रको गहिराई २०/२३ मिटर छ, हामी आज रातसम्ममा दुर्घटना स्थल पत्ता लगाउँछौं ।’
प्रतिक्रिया 4