Comments Add Comment

विस्तृत अध्ययन नगरी कृषिमा विदेशी लगानी नभित्र्याउन निजी क्षेत्रको माग

२७ पुस, काठमाडौं । कृषिमा विदेशी लगानी खुला गर्ने सरकारी निर्णय निजी क्षेत्रसँगको पारमर्शबिनै आएको भन्दै निजी क्षेत्रले असन्तुष्टि व्यक्त गरेको छ ।

निजी क्षेत्रका प्रमुख तीन वटा संस्था नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विस्तृत अध्ययन नगरी कृषिमा विदेशी लगानी भित्र्याउने नीति कार्यन्वयन नगर्न सरकारलाई आग्रह गरेको हो ।

‘उच्चतम् प्रविधि भित्र्याउने, स्वदेशी कच्चा पदार्थ उपयोग गर्ने र अधिकाशं हिस्सा निर्यात गर्नसक्ने सम्भाव्यताको विस्तृत अध्ययन गरेर मात्र कृषिमा विदेशी लगानी भित्र्याउने नीति कार्यन्वयनमा लैजानुपर्छ, संयुक्त विज्ञप्तिमा भनिएको छ ।

कृषिमा विदेशी लगानी भित्र्याउने सरकारी कदम र त्यसपछि भएका विरोधप्रति ध्यानाकर्षण भएको पनि निजी क्षेत्रले जनाएको छ ।

‘सरकारद्वारा पुष २० को राजपत्रमा प्रकाशित कृषिमा विदेशी लगानी खुला गर्ने व्यवस्था र त्यस सम्बन्धमा भएका कृषिसंग सम्बन्धित संस्थाले गरेको विरोधप्रति हाम्रो ध्यनाकर्षण भएको छ,’ संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ ।

विदेशी लगानी मुलुकका लागि आवश्यक रहेको भएपनि यस्ता लगानी प्रवर्द्धनमा जनाएका प्रतिबद्धता पुरा हुनुपर्ने निजी क्षेत्रको माग छ । साथै त्यस सम्बन्धमा बनाइने नीति, नियम, निर्देशिका, कार्यविधि वा कुनै संशोधन गर्दा निजी क्षेत्रसँग अनिवार्य छलफल गर्न तीन वटै संस्थाले जोडदार माग गरेको छ ।

कृषिमा विदेशी लगानी  खुला गर्दा त्यसबाट भित्रिने प्रविधि, ती उद्योगले उपयोग गर्ने कच्चा पदार्थ र निर्यातको अवस्था हेरेर मात्रै निर्णय लिनु उचित हुने महासंघ, चेम्बर र परिसंघको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment