१४ कात्तिक, काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि आज शनिबार काठमाडौंको माइतीघर मण्डलामा मौन धर्ना आयोजना गर्ने भएको छ।
सरकारले सञ्चारगृहमा प्रवेश गरी पत्रकारहरूमा भय र आतंकको वातावरण सिर्जना गरेको तथा स्वतन्त्र पत्रकारितामाथि प्रत्यक्ष हस्तक्षेप गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरेको भन्दै महासंघले धर्ना दिन लागेको हो।
महासंघका अनुसार सरकारका प्रेसविरोधी गतिविधि तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपविरुद्ध शनिबार बिहान ८ बजेदेखि एक घण्टासम्म मौन धर्ना दिइनेछ।
कार्यक्रममा सम्पूर्ण पत्रकार, नागरिक समाज, मानवअधिकारकर्मी तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूलाई सहभागी हुन महासंघले आह्वान समेत गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4