Comments Add Comment

राष्ट्रिय सभामा ओलीको प्रवेशसँगै प्रचण्ड–माधव समूहका सांसदहरु बाहिरिए

२६ पुस, काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली प्रवेश गरेपछि नेकपा प्रचण्ड–माधव समूहका सांसदहरुले राष्ट्रियसभा बैठक बहिष्कार गरेका छन् । एक घण्टा ३८ मिनेट चलेको बैठकमा शुरुमै प्रधानमन्त्री ओली सहभागी भएका थिए ।

ओली बैठक हलमा प्रवेश गरेपछि प्रचण्ड–माधव समूहका सांसदहरु बाहिरिए । ‘हामी हस्ताक्षर गरेर फर्कियौं । हामी निस्कने र उहाँ प्रवेश गर्ने एकैपटक भयो’, सांसद बेदुराम भुसालले भने ।

संसद् विघटन गर्ने प्रधानमन्त्री बैठकमा प्रवेश गरेपछि त्यहाँ बस्नुको औचित्य नरहेकाले बहिष्कार गरेको उनले बताए । गएको पुस १७ मा शुरू भएको राष्ट्रियसभा बैठक दश दिनमै सकिएको छ । यो अवधिमा चार पटक गरी सात घण्टा पाँच मिनेट बैठक चल्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment