Comments Add Comment

प्रचण्ड र माधव नेपाल निर्वाचन आयोग जाँदै, निर्वाचन प्रक्रिया रोक्न सुझाव दिने

२७ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षहरु माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड निर्वाचन आयोग जाँदैछन् ।

आयोगको पुस २३ को पत्र र आयोगले अगाडि बढाएको निर्वाचन प्रक्रियाबारे आपत्ति जनाउन दुई अध्यक्ष आयोग जान लागेका हुन् । यो समूहका एक नेताका अनुसार, सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई आयोगले प्रभावित गर्न खोजेकाले आपत्ति जनाउन दुई अध्यक्ष बहादुर भवन जान लागेका हुन् ।

‘सर्वोच्च अदालतमा संसद् पुनस्र्थापनाबारे मुद्दा विचाराधीन अवस्थामा छ । तर, आयोगले त्यसलाई प्रभावित गर्नेगरी निर्वाचनको काम अगाडि बढाएको छ । यसलाई रोक्नुपर्छ भनेर दुई अध्यक्ष जान लाग्नु भएको हो’, ती नेताले भने ।

यो समूहले सर्वोच्चले संविधानको सही व्याख्या गरेर संसद् पुनस्र्थापना हुनुपर्ने माग राख्दै आएको छ । आयोगसँग पुस २३ मा पठाएको पत्रबारे पनि थप प्रष्ट पारिने भएको छ ।
आइतबार यो समूहको सचिवालय बैठक बसेको थियो । आयोगले एक हप्ताको समय दिएर दुवै समूहलाई दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार, जवाफ दिन पत्र पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment