+
+

प्रदेश २ मा उद्योग र बालबालिकाको अधिकार सम्बन्धी विधेयक प्रमाणीकरण

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २९ गते ११:४६

२९ पुस, जनकपुरधाम । प्रदेश २ मा थप दुईवटा विधेयक प्रमाणीकरण भएको छ ।

प्रदेश उद्योग व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र बालबालिकाको हक-अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बुधबार एकैपटक प्रमाणीकरण भएको छ । दुवै विधेयकलाई प्रदेश प्रमुख तिलक परियारले प्रमाणीकरण गरेका छन् ।

नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले दुवै विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । यो दुवै विधेयक केही महिनाअघि प्रदेश सभाबाट पारित भएर प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाइएको थियो ।

प्रदेश प्रमुखका रुपमा परियार आएपछि उनले यी दुईसहित १६ वटा विधेयक प्रमाणीकरण गरेका छन् । योसँगै प्रदेशमा प्रमाणीकरण हुने विधेयकको संख्या ३८ पुगेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?