+
+

हाब्रेको छालासहित दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २९ गते १३:३७

२९ पुस, काठमाडौं । काठमाडौंको बसुन्धारा चोकबाट हाब्रेको छालासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ नगरपालिका-१ का २५ वर्षीय जय भण्डारी र सोही ठाउँ बस्ने २१ वर्षीय जेनष सार्की रहेका छन् ।

अवैध रुपमा दुर्लव वन्यजन्तुको आखेटोपहार ( हाब्रेको छाला) ओसार पसार तथा बिक्री भइरहेको छ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको टोलीले दुवैजनालाई काठमाडौं महानगरपालिका-३ बसुन्धारा चोकबाट मंगलबार राति नियन्त्रणमा लिएको महानगरीय प्रहरी परीसर काठमाडौंका डीएसपी प्रमेश विष्टले जानकारी दिए ।

उनीहरुको साथबाट एक थान हाब्रेको छाला बरामद भएको उनले बताए । बरामद हाब्रेको छालासहित दुवै जनालाई जिल्ला डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?