Comments Add Comment

अमेरिकी अधिकारीको ताइवान भ्रमण स्थगित

Photo Credit : AFP

२९ पुस, काठमाडौं । अमेरिकाको विदेशमन्त्रालयले संयुक्त राष्ट्रसंघको लागि स्थायी प्रतिनिधि केली क्राफ्टको ताइवान भ्रमण स्थगित भएको बताएको छ । अमेरिकामा राष्ट्रपतिको पद हस्तान्तरणको दिन नजिकिएको कारण केलीको ताइवान भ्रमण स्थगित गरिएको विदेश मन्त्रालयले बताएको छ ।

अमेरिकाले आफ्ना संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधिलाई ताइवान भ्रमणमा पठाउने निर्णय गरेसँगै चीनले आपत्ति जनाएको थियो । चीनले ताइवानलाई आफ्नो प्रान्त मान्दै आएको छ । तर, ताइवान आफूलाई एक सार्वभौम मुलुक दाबी गरिरहेको छ । यस्तो अवस्थामा आफ्ना अधिकारी पठाउने गल्ती नगर्न चेतावनी दिएको छ । चीनले आफ्ना अधिकारीलाई ताइवान भ्रमणमा पठाउँदै ‘आगोसँग खेल्ने’ प्रयास नगर्न चीनले चेतावनी दिएको थियो ।

क्राफ्टको भ्रमण स्थगित भएकोमा ताइवानले भने दुःख व्यक्त गरेको छ । यद्यपि अमेरिकाको निर्णयको सम्मान गर्ने ताइवानले बताएको छ । मंगलबार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले यस साताको सबै कार्यक्रमहरु स्थगित भएको बताएका हुन् ।

जनवरी २० मा जो बाइडनले अमेरिकी राष्ट्रपतिको रुपमा शपथ लिँदैछन् । यसअघि अमेरिकाले ताइवानमाथिको कूटनीतिक सम्पर्कमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । चीनलाई खुसी पार्न भन्दै लगाइएको यो प्रतिबन्धको कुनै अर्थ नरहेको भन्दै अमेरिकाले यो प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment