Comments Add Comment

लकडाउनमा बर्गर खान स्कुटी चढेर १६० किमी यात्रा, युवतीमाथि ३२ हजार जरिवाना

काठमाडौं । आफ्नो इच्छा पूरा गर्नका लागि मान्छे कुन हदसम्म जान सक्दछ भन्ने कुराको उदाहरण बेलायतमा एकजना युवतीले पेश गरेकी छिन् ।

बर्गर खानका लागि ती युवती आफ्नो स्कुटीमा चढेर १ सय ६० किलोमिटर यात्रा गरेकी छिन् ।

तर त्यति लामो यात्रा गरेर बर्गर खान जानु ती युवतीका लागि अभिसाप भयो र उनले २ सय पाउण्ड स्टर्लिङ्ग अर्थात् झण्डै ३२ हजार रुपैयाँ बराबरको रकम जरिवाना तिर्नुपर्यो ।

समाचार अनुसार ती युवती आफ्नी बहिनीको साथमा स्कुटर चढेर बेलायतको लिंकनशायरबाट स्कार्बरोस्थित म्याक डोनाल्ड रेष्टुरेन्ट गएकी थिइन् ।

जबकि त्यसबेला उक्त क्षेत्रमा कोरोना महामारीका कारण कडा लकडाउन लागू भएको थियो र मानिसहरुलाई घर बाहिर निस्किन बन्देज थियो । तर उक्त नियम उल्लंघन गरेर त्यति लामो यात्रा गरेका कारण उनीमाथि प्रहरीले मोटो रकम जरिवाना गरेको हो ।

यसरी तीनवटा क्षेत्र पार गरेर यात्रा गर्नुलाई अत्यावश्यक यात्राको रुपमा लिन नसकिने भन्दै प्रहरीले ती युवतीलाई जरिवाना गरेको बताइएको छ ।

-बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment