६ माघ, काठमाडौं । हिमांशु शाहीकाे अर्धशतक मद्दतमा कर्णाली प्रदेशले प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियाेगितामा गण्डकी प्रदेशमाथि शानदार जित हात पारेकाे छ ।
समूह ए अन्तर्गत मुलपानी क्रिकेट मैदानमा मंगलबार भएकाे खेलमा कर्णालीले गण्डकीलाई ५ विकेटले पराजित गरेकाे हाे ।
हिमांशुकाे अविजित ६८ रन अनि विपिन रावलकाे ४९ रन मद्दतमा कर्णालीले २०५ रनकाे लक्ष्य ३६.५ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेकाे हाे ।
हिमाशुंले ६० बल खेल्दै ७ चाैका मद्दतमा ६८ रन बनाए । अर्धशतकबाट एक रनले चुकेका विपिन रावलले ४५ बल खेल्दै ४ चाैका र ३ छक्का प्रहार गरे । यस्तै राज शाहले ३२ र हेमन्त ओलीले २९ रन याेगदान गरे ।
बलिङमा गण्डकीका विपिन खत्रीले ४ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेकाे गण्डकीले ४२.३ ओभरमा अलआउट हुँदै २०४ रन बनाएकाे थियाे । गण्डकीकाे लागि राहुल उपाध्यायले सर्वाधिक ५३ रन बनाए । यस्तै अर्जुन कुमालले ४६ र विपिन खत्रीले ३२ रन जाेडे ।
बलिङमा कर्णालीका दिनेश अधिकारीले ३ तथा अनुज चुनारा र दिवान पुनले २-२ विकेट लिए ।
समूह ए मा पहिलाे जित हात पारेकाे कर्णालीले २ अंक जाेडेकाे छ । उता गण्डकीकाे याे दाेस्राे हार हाे । ३ खेलबाट गण्ठकीकाे २ अंक छ ।
प्रतिक्रिया 4