Comments Add Comment

बिहीबारदेखि तातोपानी नाका तीन साताका लागि बन्द हुने

७ माघ, काठमाडौं । बिहीबारदेखि तातोपानी नाका २० दिनका लागि बन्द हुने भएको छ । सीमामा रहेको मितेरी पुल पुर्ननिर्माण गर्न भोलि (२१ जनावरी) देखि नाका बन्द गरिने जानकारी चिनियाँ पक्षले गराएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

बाढीले क्षति पुर्‍याएको पुल पुनर्निर्माणका लागि २१ जनावरी बढीमा २० दिन नाका बन्द रहन सक्ने जानकारी चिनियाँ पक्षबाट आएको तातोपानी भन्सार प्रमुख लाबहादुर खत्रीले जानकारी दिए । पहिलेकै बाढीले क्षति पुर्‍याएको पुलको एक भागामा केही दिन अघिको बाढी थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गर्न लागेको उनको भनाइ छ ।

पुल मर्मतका लागि नाका बन्द हुने भएपछि छिटो-छिटो गरेर बाटोमा रहेका सामानहरु नेपाल भित्र्याइएको पनि भन्सारले जनाएको छ । तातोपानी रुट भएर आउने बाटोमा अब कुनै मालबाहक सवारी साधन नभएको पनि भन्सार प्रमुख खत्रीले बताए । प्राविधिक मगाएर चिनियाँ पक्षले पुलको अवस्था जाँच गरेपछि पुल मर्मत गरिने निश्चित भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment