+
+
Shares

रसुवागढीमा बाढीपछि तातोपानी नाका पनि बन्द

चीन सरकारले पठाएको इमेलमा अर्को सूचना जारी नभएसम्म तातोपानी नाका बन्द रहने उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते २०:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवागढीमा बाढी आएपछि चीन सरकारले अर्को सूचना जारी नभएसम्म तातोपानी नाका पनि बन्द रहने गरी इमेलमार्फत जानकारी गराएको छ ।
  • तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी तुलबहादुर पाण्डेले थप जानकारी प्राप्त नभएको बताएपछि नेपाल-चीन व्यापारको विकल्प झन् साँघुरिएको छ ।
  • मुस्ताङस्थित कोरला नाकामात्र सञ्चालनमा रहँदा चाडबाडको मुखमा नाका अवरुद्धले नेपाली बजारमा प्रत्यक्ष असर पर्ने देखिएको छ ।

१५ भदौ, काठमाडौं । चीन सरकारले रसुवागढीमा आएको बाढीपछि तातोपानी नाकासमेत बन्द गरेको छ ।

तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी तुलबहादुर पाण्डेका अनुसार चीन सरकारका तर्फबाट भन्सार कार्यालयका नाममा इमेल गरिएको छ ।

जसमा अर्को सूचना जारी नभएसम्म तातोपानी नाका बन्द रहने उल्लेख छ । यसबारे थप जानकारी प्राप्त नभएको उनले बताए ।

रसुवागढी बाढीले बगाएसँगै तातोपानी नाकालाई विकल्पका रूपमा हेरिएको थियो । तर, उक्त नाकासमेत बन्द भएपछि नेपाल-चीन व्यापारको विकल्प साघुँरिएको छ ।

अब मुस्ताङस्थित कोरला नाकामात्र सञ्चालनमा छ । चाडबाडको मुखमा दुवै नाका अवरुद्ध हुँदा त्यसले नेपाली बजारमा भने प्रत्यक्ष असर पुग्ने छ । तातोपानी भन्सार कार्यालयका अनुसार अहिले नेपालतर्फ सडक सामान्य चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?