१२ माघ, काठमाडौं । नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले दुई शर्तमा पार्टी एकता हुनसक्ने बतााएका छन् ।
२३ गते काठमाडौंमा गर्न लागिएको प्रदर्शनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पोखरेलले २८ कात्तिकमा दर्ता भएको ‘आरोप पत्र’ फिर्ता लिन र चुनावमा सहभागी हुन सहमत भए पार्टी एकता हुनसक्ने बताए ।
‘अहिले पनि जुन अराजकता सिर्जना गर्न खोजियो, जनताको भावनामा चोट पुर्याउन खोजियो,’ उनले भने, ‘यो एकतालाई कायम राख्ने हो भने दुईटा कुरा गर्नुपर्छ । कात्तिक २८ गते पार्टी अध्यक्षका रुपमा रहनु भएका पुष्पकमल दाहाल प्रचण्डले प्रथम अध्यक्षलाई जुन गम्भीर आरोप लगाउनु भएको छ, त्यो अभियोग पत्र फिर्ता लिनुपर्छ । र, घोषित निर्वाचनमा सहभागी हुन तयार भएर आउनुपर्छ । त्यसो हुँदा अहिले जुन स्थिति देखिएको छ, त्यसलाई टार्न सकिन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4