Comments Add Comment

भारतको उत्तराखण्डमा हिमताल फुट्दा १५० कामदार बेपत्ता

Photo Credit : ANI

२५ माघ, काठमाडौं । भारतको उत्तराखण्डस्थित चमोलीमा रहेको नन्दादेवी हिमताल फुटेसँगै अलकनन्दा नदीमा बाढी आएको छ । यो हिमताल फुट्दा भारतको अलकनन्दा नदीमा चलिरहेको ऋषिगंगा प्रोजेक्टमा काम गरिरहेका १५० कामदार बेपत्ता भएको भारतीय समाचार एजेन्सी पीटीआईले बताएको छ ।

यससँगै नदीको तटीय क्षेत्रका मानिसहरुलाई सजग रहन आग्रह गरिएको छ । सरकारले तटीय क्षेत्रमा रहेका मानिसहरुलाई सुरक्षित स्थानमा सर्न सुझाव दिएको छ । इन्डियन एक्सप्रेसका अनुसार ऋषिगंगा परियोजनाको सुरुङमा फसेका ५० कामदारहरुको मृत्यु भएको आशंका छ । १३.२ मेगावाटको यो जलविद्युत् परियोजनाको लागि बनाइएको ड्याम पनि बाढीले बगाएको छ । अहिलेसम्म सुरुङमा फसेका तीनजनाको शव निकालिएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि हिमताल फुटेको क्षेत्रमा पुगेका छन् । भारतीय प्रहरीले अहिले बिस्तारै नदीको वहाब सामान्य बन्दै गएको भन्दै तल्लो क्षेत्रमा रहेका मानिसहरुलाई खतरा नरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment