+
+
Shares

सनराइज बैंकको डेपुटी सीईओमा आरती राणा

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २६ गते १७:३५

२६ माघ, काठमाडाैं । सनराइज बैंकले नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राज्यलक्ष्मी राणालाई नियुक्त गरेको छ । संचालक समितिको मितिसोमबार बसेको बैठकको निर्णय अनुसार  राणा नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएकी हुन् ।

विगत १९ वर्ष देखि बैकिङ्ग क्षेत्रमा कार्यरत रहनुभएकी श्रीमती राणा २०७६ कात्तिकमा सनराइज बैंकको नायब महाप्रबन्धकको रुपमा प्रवेश गरेकी थिइन् । भारतकोे एसआईबीएम पुनेबाट एमबिए गरेेकी राणाले सन् २००२ मा एभरेष्ट बैंकको म्यानेजमेन्ट ट्रेनीका रुपमा आफ्नो बैंकिङ्ग करियर सुरु गरेकी थिइन् ।

एभरेष्ट बैंकमा पाँच वर्ष कार्य पश्चात ग्लोबल आइंएमई बैंकमा डेपुटी म्यानेजरका रुपमा प्रवेश गरेकी उनले १२ वर्ष उक्त बैंकमा काम गररिन् । राणाले बैकले आफूप्रति गरेको विश्वासलाई कदर गर्दै आगामी दिनमा बैंकलाई अझै उचाईमा पुर्‍याउन लागि पर्ने प्रतिबद्धता जनाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?