+
+
Shares

अमेरिकी राष्ट्रपति बाइडन र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन कुराकानी

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २९ गते १०:११

२९ माघ, पोखरा । अमेरिकी राष्ट्रपति जो बाइडन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोन वार्ता भएको छ । दुई देशबीच चलिरहेको तनावका बीच अमेरिकी राष्ट्रपति बाइडनले पहिलोपटक समकक्षी सीसँग टेलिफोन कुराकानी गरेका हुन् ।

सीसँग कुराकानी भएको जानकारी बाइडनले ट्वीटरमार्फत दिएका छन् । उनले भनेका छन्, ‘मैले आज राष्ट्रपति सीसँग कुराकानी गरें र चिनियाँ जनतालाई नयाँ वर्षको बधाई दिएँ । चीनको व्यापारको तरिकाबारे पनि मैले चिन्ता व्यक्त गरें । यसका साथै मैले त्यहाँ भइरहेको मानवअधिकार उल्लंघन र ताइवानीमाथि हुने गरेको ज्यादतीबारे पनि चिन्ता प्रकट गरें ।’ राष्ट्रपति बाइडनले अमेरिकी जनतालाई फाइदा हुने भएमा मात्रै अमेरिकाले चीनसँग मिलेर काम गर्ने समेत बताएको जानकारीसमेत दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिका र चीनबीच व्यापार युद्ध सुरु भएको थियो । यसबारे बाइडन कार्यकालमा के होला भन्ने चासो विश्व समुदायलाई छ ।

सन् १९७२ मा अमेरिकाको तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनले चीनको कम्युनिस्ट पार्टीसँग सामान्य सम्बन्ध कायम राख्न कदम अघि बढाएका थिए, त्यसबेलादेखि हालसम्मको समयक्रममा यी दुई देशबीचको सम्बन्ध सबैभन्दा खराब स्थितिमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?