Comments Add Comment

सैन्य कदमको विरोधमा म्यानमारमा निरन्तर प्रदर्शन

२ फागुन, काठमाडौं । म्यानमारमा आइतबार पनि सैन्य कदमको विरोधमा हजारौं मानिसले प्रदर्शन गरेका छन् ।

आइतबार म्यानमारका मुख्य सहरहरुमा मानिसहरुले सैन्य कूको विरोधमा प्रदर्शन गरेका हुन् । उनीहरुले स्वतन्त्रताका साथै हिरासतमा लिइएका नेता तथा अधिकारवादीको रिहाइको माग पनि गरेका छन् ।

प्रदर्शनकारीहरुले सेनाले अंकुराउँदै गरेको प्रजातन्त्रको घाँटी निमोठ्ने काम गरेको बताएका छन् । उनीहरुले नेताहरुलाई मध्यरातमा पक्राउ गर्ने हर्कत नगर्न पनि चेतावनी दिएका छन् ।

म्यानमारका प्रमुख सहरमा मानिसहरु प्रदर्शनमा उत्रिरहँदा ठूलो संख्यामा मानिसहरु पक्राउ पर्ने वा अपराध बढ्ने आशंका पनि बढेको छ । सेनाले शुक्रबार २३ हजारभन्दा धेरै कैदीहरु रिहाइ गर्ने निर्णय गरेसँगै आन्दोलनमा हिंसात्मक घटना हुने आशंका बढेको हो । यससँगै अब सेनाले ठूलो संख्यामा मानिसहरुलाई पक्राउ पनि गर्न सक्ने आशंका बढेको छ ।

सेनाले गत शुक्रबार कैदीहरु रिहा गर्ने निर्णयले म्यानमार शान्ति, विकास र अनुशासनसले युक्त मुलुक बन्ने र यसले सर्वसाधारण पनि खुसी हुने दाबी गरेको थियो । सेनाका प्रमुख मिङ औङ हालिङले मानिसहरुले प्रजातन्त्रको लागि सेनालाई साथ दिन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment