Comments Add Comment

विश्वप्रकाश भन्छन्–कलाकारहरु राष्ट्रका गहना मात्र होइनन्, गौरव हुन्

नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्न लागेको दशौं नेफ्टा फिल्म अवार्डको उत्कृष्ट ५ मनोनयन सार्वजनिक कार्यक्रममा प्रमुख अतिथी बनेर पुगेका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कलाकारहरुलाई राष्ट्रको गहना मात्र भन्न नमिल्ने बताएका छन् । कलाकारहरु राष्ट्रका गौरव भएको उनले बताए ।

नेपाली चलचित्रका कलाकारहरुलाई राजनीतिक दलका नेताहरुले देशका गहना भनेर सम्बोधन गर्दै आएको पाइन्छ । तर, शर्माले कलाकारलाई कलाकार नै भन्दा गर्व लाग्ने बताए । उनले भने–‘कतिपयले बोल्ने बेलामा कलाकारलाई राष्ट्रको गहना भनेको पाउँछु । तर, माफ गर्नुहोला कलाकारहरु राष्ट्रका गहना मात्र होइनन्, गौरव हुन् ।’

उनले गहना भनेपछि त्यसको मूल्य पनि हुने भन्दै अगाडि थपे, ‘मदनकृष्ण दाइ, नीर शाह दाइ वा अन्य अंग्रज कलाकारको म कति मूल्य तोकुँ ।’

उनले चलचित्र क्षेत्रले देश निर्माणमा ठूलो भूमिका खेलेको भन्दै प्रशंसा गरे । चलचित्र क्षेत्रले मनोरञ्जन, रोजगारी, राजश्वमा योगदान, सामाजिक मुद्दाहरुको उठान गरेको भन्दै चलचित्र क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्दै सबै दलले साझा प्रतिबद्धता व्यक्त गर्नुपर्ने उनको तर्क थियो ।

विश्वप्रकाशले आफूले सधैँ नै नेपाली चलचित्रलाई नै पहिलो प्राथमिकतामा राखेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment