+
+
Shares

धनुषामा महिला मृत फेला, श्रीमान भने फरार

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ४ गते १२:४१

४ फागुन, जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा मंगलबार एकजना महिला मृत अवस्थामा फेला परेकी छन् । कमला नगरपालिका-२ माचिझिटकैयामा अन्दाजी ३५ वर्षकी संगीतादेवी गडेरी राउत मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनी बिहानै घर नजिकैको खेतमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले जानकारी दिए । मृतक महिलाको घाँटीमा निलडाम रहेको छ ।

मृतक खुशीलाल गडेरीका जेठी पत्नी हुन् । संगीताको शव फेला परेपछि उनका पति खुशीलाल फरार भएको प्रहरी निरीक्षक रोकायाले बताए । ‘घट्ना शंकास्पद देखिएको छ,’ रोकायाले भने, ‘घट्नाको बिषयमा अन्य अनुसन्धान भइरहेको छ ।’

मृतक महिलाको शवको पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको प्रहरीले जनाएको छ । पोष्टमार्टमको रिपोर्ट आएपछि अन्य कुरा खुल्ने बताउँदै प्रहरी निरीक्षक रोकायाले फरार भएका उनका पतिको पनि खोजी भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?