Comments Add Comment

गोपीकृष्णका ४ हल भत्काइदै, २५ तले अत्याधुनिक भवन बन्ने

नेपाली चलचित्रका लागि सबैभन्दा प्रिय मानिएको काठमाण्डौको चाबहलिमा अवस्थित गोपीकृष्ण मुभिजको भवन धमाधम भत्काउन काम भैरहेको छ । चलचित्र चल्दा दर्शकको ठुलो भीड देखाउन होस् या दर्शकलाई हात हल्लाउँदै कलाकारले अभिवादन गर्न होस्, यो हल सबैभन्दा प्रिय मानिन्थ्यो ।

गोपीकृष्णमा शुक्रबार बिहानीको शोमा दर्शकको उपस्थिती बलियो भयो भने निर्माता खुशी हुन्थे । कारण, यो हलमा दर्शक भरिदा नेपालभरकै हलमा दर्शकको उपस्थिती बलियो हुन्छ भन्ने आँकलन गरिन्थ्यो । गोपीकृष्णमा आउने दर्शक हरेक वर्गका हुने भएकाले पनि निर्माताहरु यो हलमा हुने व्यापारको आधारमा देशभरको व्यापार आँकलन गर्दथ्य ।

तर, अब सर्वाधिक धेरै सिट क्षमताका गोपी, कृष्ण, राधा र मिरा हल भत्काउन थालिएको छ । गोपीकृष्ण मुभिजका संचालकले २५ तले नयाँ भवन बनाउने योजना अनुसार हल भत्काएका हुन् । गोपी, कृष्ण, राधा र मिरा हल भत्किएपनि ओम, नम, शिवाय भने संचालनमा आउनेछन् । नयाँ प्रविधी जडान गरेर दर्शकलाई हलसँग जोडिराख्न यी तिन हल संचालन गर्न लागिएको हो ।

हलका म्यानेजर प्रदिप दाहाल ३ बर्षमा २५ तले नयाँ भवन बन्ने बताउँछन् । नयाँ भवनमा सपिङ मल, मल्टिप्लेक्स हल, पाँच तारे होटल लगायतका संरचना निर्माण हुनेछन् ।

नेपाली चलचित्र क्षेत्र कोरोनाबाट थलिएको छ । विस्तारै पखेटा फिजाउन थालेको चलचित्र क्षेत्रका लागि गोपीकृष्णको ठूलो भीड पक्कै पनि मिस हुनेछ । तर, भव्य भवन बनेपछि गोपीकृष्णमा लकडाउन अगाडिकै शैलीमा दर्शक फर्किन्छन् या फर्किदैनन्, यो भने सोचनिय बिषय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment