Comments Add Comment

भागरथीका हत्यारालाई कानुनी दायरामा ल्याउन महिला कानुन व्यवसायीको माग

४ फागुन, काठमाडौं । कानुन व्यवसायी महिलाहरुले बलात्कारपछि हत्या गरिएका भागरथी भट्ट र निर्मला पन्तलगायतका हत्यारालाई कानुनी दायरामा ल्याउन गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

बलात्कारलगायत महिला हिंसा, अपराध नियन्त्रण र सरकारको जाफदेहिता सम्बन्धमा ज्ञापनपत्र बुझाउँदै उनीहरुले यस्ता जघन्य अपराधका घटनाको प्रभावकारी अनुसन्धान गरी पीडितलाई शीघ्र न्याय दिन गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराएका हुन् ।

नेपाल बार एशोसिएसन महिला समितिले ज्ञापनपत्र बुझाउँदै कानुनको उचित कार्यान्वय गर्न सरकार चुक्दै जाँदा बलात्कार र हत्याका घटनाले प्रश्रय पाउने भन्दै अपराधीलाई राजनीतिक संरक्षण दिनेलाई पनि कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।

ज्ञापनपत्रमा भनिएको छ,’अपराधी र उसलाई जोगाउन खोज्ने समाज तथा बलात्कारीलाई राजनीतिक संरक्षण दिने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन राज्य संयन्त्र दह्रो र निष्पक्ष हुनुपर्छ ।’

साथै, राज्य आफ्नो दायित्वप्रति जिम्मेवार र जवाफदेही हुन नसकेर देशमा बलात्कारीको मनोबल बढिरहेको ठहर गर्दै समितिले सरकार र राज्य संयन्त्रमाथिको नागरिकको विश्वास र भरोसा घटिरहकोप्रति आपत्ति जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment