+
+
Shares

‘खोप राष्ट्रवाद’ले सबै मुलुकलाई हानि गर्ने डब्ल्यूटीओकी नयाँ प्रमुखको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ४ गते १३:२३

४ फागुन, काठमाडौं । विश्व व्यापार संगठन (डब्ल्यूटीओ)को प्रमुखमा मनोनित भएकी गोझी ओकोन्जो इविलाले ‘खोप राष्ट्रवाद’ले विश्वका सबै मुलुकलाई नराम्रो असर पार्ने चेतावनी दिएकी छिन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँग कुरा गर्दै उनले यसले कोरोना भाइरस (कोभिड-१९) को महामारी अन्त्य हुने प्रक्रिया पनि सुस्त हुन सक्ने बताएकी हुन् ।

इविलाले आफ्नो पहिलो प्राथमिकता महामारी नियन्त्रणको लागि डब्ल्यूएचओलाई सहयोग गर्नु रहेको बताएकी छिन् । उनले सबै मुलुकले औषधिको निर्यातमा गरिएको कडाइ हटाउनुपर्नेमा जोड दिएकी छिन् ।

सोमबार इविला डब्ल्यूटीओकी नयाँ प्रमुखको रुपमा मनोनित भएकी हुन् । उनले मार्च १ देखि आफ्नो पद सम्हाल्नेछिन् । उनी नाइजेरियाको पूर्व अर्थमन्त्री हुन् भने विश्व बैंककी वरिष्ठ अधिकारी पनि हुन् ।

इविलाले डब्ल्यूटीओले महामारी नियन्त्रणका लागि ठूलो योगदान दिन सक्ने बताएकी छिन् । उनले भनेकी छिन्, ‘सबै मानिस सुरक्षित नहुँदासम्म कोही पनि सुरक्षित हुँदैनन् । अहिलेको समयमा खोप राष्ट्रवादले काम बन्दैन, किनकि कोरोनाको नयाँ प्रकार (भेरियन्ट)हरु आइरहेका छन् । अरु मुलुकमा खोप लगाइएको छैन भने त्यो पुनः आफ्नै मुलुकमा फर्किन सक्छ ।’

इविलाले कम आय भएका मुलुकले समयमा नै कोरोना खोप पाउन नसकेको अवस्थामा विश्व अर्थतन्त्रले ९० खर्ब डलरको उत्पादन गुमाउने बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?