
बलिउड नायिका दिया मिर्जा आज वैवाहिक जीवनमा बाँधिदै छिन् । उनले आफ्ना प्रेमी व्यापारी वैभव रेखीसँग दोश्रो बिहे गर्न लागेकी हुन् । दिया र वैभवको बिहे मुम्बइमा हुँदैछ । बिहेको अगाडि संगीतको कार्यक्रम भने आयोजना गरिएन । दियाको बिहेमा आफन्त र नजिकका साथीहरुलाई मात्र निमन्त्रणा गरिएको छ ।
दिया र वैभव दुबैको यो दोश्रो बिबाह हो । यसअघि दियाले सन् २०१४ मा व्यापारी साहिल संघासँग बिहे गरेकी थिइन् । तर, उनीहरुको वैवाहिक जीवनमा ५ बर्षमा नै टुटेको थियो । सन् २०१९ मा साहिलसँगको वैवाहिक सम्बन्ध टुटेपछि दिया वैभवको प्रेममा थिइन् ।
यस्तै, भारतीय मिडियाका अनुसार वैभवले पनि सुनैनासँग बिहे गरेका थिए । उनीहरुको एक छोरी समेत छिन् । बलिउडमा कुनै समय राम्रो चर्चा पाएकी दिया पछिल्लो केही बर्षदेखि भने चलचित्रमा खासै जमेकी छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4