Comments Add Comment

चर्चामा मलिका

नायिका मलिका महत्तले ‘यात्रा’ चलचित्रमा काम गरिन् । डेब्यू चलचित्र औषत चल्दा मलिकाको चर्चा खासै भएन । तर, लकडाउनपछि सार्वजनिक भएको ‘फुलबुट्टे सारी’ बोलको गीत ब्लकबस्टर भएपछि मलिकाको चर्चा चुलिएको छ । यो गीतले ३ करोड भन्दा बढी भ्यूज पाउँदा उनको माग म्यूजिक भिडियो बजारमा पनि बढेको छ । मलिका भने आफूले गीत हेरेर काम गरिरहेको बताउँछिन् ।

मलिकालाई रुचाउने दर्शकको संख्या पनि बढेको छ । यसैविच, उनी र नायक पल शाहले अभिनय गरेको ‘टाढा भएपनि’ बोलको फिमेल भर्सन सार्वजनिक भएको छ । यो गीत सार्वजनिक भएको २४ घन्टामै ९ लाख ७२ हजार भ्यूज पाउँदा नयाँ रेकर्ड राख्न सफल भयो । सार्वजनिक भएको २४ घन्टामै सर्वाधिक भ्यूज पाउने गीतको रेकर्ड यो गीतले राख्दै गर्दा मलिकाको चर्चा फेरि चुलियो ।

एकपछि अर्को गीतले दर्शकको मन जितिरहँदा मलिका र पलको जोडीलाई पनि दर्शकले निकै रुचाएका छन् । उनै, मलिका ‘दशौं नेफ्टा फिल्म अवार्ड’को ‘उत्कृष्ट नव–नायिका’ विधाको मनोनयनमा पनि परेकी छिन् । मलिका मनोनयनमा परेपछि अवार्ड नपाउँदा मन दुख्ने पनि बताउँछिन् ।

दर्शकले दिएको मायाले आफूलाई काम गर्न अझै हौसला मिलिरहेको उनले सुनाइन् । मलिकाको ‘पानी फोटो’ नामक चलचित्र पोष्ट प्रोडक्शनमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment