+
+
Shares

१७ दिनपछि प्रधानमन्त्रीकहाँ पुग्यो सर्वोच्चको आदेश

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७७ फागुन ३ गते १६:३०

३ फागुन, काठमाडौं । अदालतको अवहेलना मुद्दामा गत माघ १५ गते सर्वोच्च अदालतले दिएको आदेशको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पाएका छन् । सर्वोच्च अदालतबाट खटिएका तामेलदारले आइतबार प्रधानमन्त्री ओलीलाई भेटेर आदेशको जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीले संवैधानिक इजलासमा भइरहेको बहसको अपमान हुने गरी बोलेको भन्दै परेको रिटमा सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको इजलासले ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । तर उक्त आदेश भएको १५ दिन बितिसक्दा पनि तामेलदार प्रधानमन्त्रीसमक्ष पुगेका थिएनन्

सर्वोच्च अदालत स्रोतका अनुसार आइतबार बेलुका प्रधानमन्त्री ओलीले म्याद बुझेका छन् । अब उनले म्याद बुझेको एक साताभित्र सर्वोच्चमा आफैं उपस्थिति भएर अदालतको अवहेलनाको आरोपमा लिखित जवाफ पेश गर्नुपर्छ ।

गत माघ १५ गते न्यायाधीश शर्माको इजलासले पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । उनीहरुले सोमबार अदालतमा उपस्थित भएर लिखित जवाफ बुझाएका छन् ।

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?