Comments Add Comment

अक्सफोर्ड–एस्ट्राजेनेकोको कोरोना खोपलाई डब्ल्यूएचओको अनुमति

४ फागुन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले संयुक्तरुपमा विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ । डब्ल्यूएचओका विशेषज्ञहरुको समूहले गरेको सिफारिसअनुसार यो खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइएको हो ।

डब्ल्यूएचओले सोमबार एक विज्ञप्ति जारी गर्दै तुलनात्मकरुपमा सस्तो मानिएको दक्षिण कोरियाको एस्ट्राजेनेका एसकेबायो र सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको सोही खोपलाई पनि अनुमति दिएको बताएको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेससले अहिले तीव्र गतिमा खोप वितरणको लागि केही खोप रहेको तर खोप उत्पादन बढाउनु आवश्यक रहेको बताएका छन् ।

यसअघि विशेषज्ञहरुले यो खोपको दुई डोज आठदेखि १२ साताको बीचमा लिनुपर्ने सुझाव दिएका थिए । तुलनात्मकरुपमा सस्तो र सामान्य तापक्रममा पनि राख्न सकिने भएकाले अहिले विश्वभर एस्ट्राजेनेकाको खोपको माग अत्यधिक छ । यद्यपि एस्ट्राजेनेका अहिले खोप उत्पादनसम्बन्धी समस्यामा फसेको छ ।

डब्ल्यूएचओले विश्वका सबै मुलुकमा कोरोना खोप पुर्‍याउने लक्ष्यसहित ल्याएको कोभ्यास कार्यक्रम अन्तर्गत ३३ करोड डोज कोरोना खोप वितरणको काम फेब्रुअरीको अन्तिमबाट सुरु हुनेछ । यो कार्यक्रममा पनि एस्ट्राजेनेकाको खोपले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

चर्चामा मलिका

Advertisment