Comments Add Comment

घुस लिएको आरोपमा नासुसहित दुई जना पक्राउ

३ फागुन, काठमाडौं । काठमाडौंको बबरमहलस्थित आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायव सुब्बा (नासु) नरेन्द्र चन्दसहित दुई जना घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

शेयर पुँजी बढाएको प्रमाण पत्रका लागि सेवाग्राहीसँग ८ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा चन्दसहित लेखापढी व्यवसायी रामबाबु दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।

दाहालले सेवाग्राहीसँग ८ हजार रुपैयाँ घुस लिएर नासु चन्दलाई दिइसकेको अवस्थामा आयोगको टोलीले विभाग परिसरबाट दुवै जनालाई आइतबार नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment