
५ फागुन, जनकपुरधाम । सर्लाहीमा गुड्दै गरेको ट्याक्टरमा करेन्ट लागेर आगलागी भएको छ ।
मुर्तियाबाट जिरायततर्फ जाँदै गरेको ना. १ त ७२८९ नम्बरको ट्याक्टरमा बरहथवा नगरपालिका ९ मुर्तियामा करेन्ट लागेको हो । ट्याक्टरको ट्रलीमा उखुको भुस लोड गरिएको थियो ।
प्रहरीका अनुसार ११ हजार भोल्टको विद्युतको तारमा छुन गई करेन्ट लागेर आगलागी हुँदा ट्याक्टरको पछाडिको ट्रली र भुस पूर्ण रुपमा जलेको छ ।
आगलागीबाट दुई लाख रुपैयाँ बराबरको क्षति भएपनि मानवीय क्षति नभएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । आगोलाई स्थानीय बासिन्दा र प्रहरी मिलेर नियन्त्रणमा लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4