५ फागुन, कालीकोट । कालीकोटमा जिपको ठक्करबाट तीन वर्षीया बालकको मृत्यु भएको छ ।
राष्कोट नगरपालिका-६ सान्नीघाटमा भे.१ ज ११४९ नम्बरको जिपले बुधबार दिउँसो ठक्कर दिँदा सोही ठाउँ बस्ने गोविन्द सिम्खडाको ३ वर्षीय छोरा मनोज सिम्खडाको घटनास्थलमै मृत्यु भएको हो ।
जिप चालक इलाम सन्दकपुर गाउँपालिका-३ बस्ने ३५ वर्षीय उमाकान्त पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4