+

लिग लिडर एट्लेटिको लेभान्टेसँग पराजित, रियल अंकदुरी कम गर्दै

२०७७ फागुन  ९ गते ७:४८ २०७७ फागुन ९ गते ७:४८
लिग लिडर एट्लेटिको लेभान्टेसँग पराजित, रियल अंकदुरी कम गर्दै

काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड लेभान्टेसँग पराजित भएको छ । शनिवार घरेलु मैदानमै भएको खेलमा एट्लेटिको लेभान्टेसँग २-० ले पराजित भएको हो ।

लेभान्टेल खेलको दुवै हाफमा एक एक गोल गरेको थियो ।

खेलको ३०औं मिनेटमा जोस लुइस मोरालेसले गोल गर्दै लेभान्टेलाई अग्रता दिलाएको थियो । इन्जुरी टाइममा जोर्ग डे प्रुटवसले लेभान्टेको लागि दोस्रो गोल गरे ।

यस सिजन ला लिगामा एट्लेटिकोको यो दोस्रो हार हो । हारपछि पनि २३ खेलबाट ५५ अंकसहित एट्लेटिको शीर्ष स्थानमा आसिन छ । तर दोस्रो स्थानको रियल मड्रिड र तेस्रो स्थानको बार्सिलोनालाई यसले फाइदा पुगेको छ ।

रियलले शनिबार राति भएकाे खेलमा रियल भाल्लाडाेलिडलाई १-० ले पराजित गर्दै एट्लेटिकाेसँग अंकदुरी ३ मा झारेकाे छ । रियलका लागि कासेमिराले ६५औं मिनेटमा गाेल गरे ।

२४ खेल खेलको रियल ५२ अंकसहित दोस्रो स्थानमा छ । २२ खेल खलेको बार्सिलोना ४६ अंकसहित तेस्रो स्थानमा छ ।

जितपछि लेभान्टे २४ खेलबाट ३१ अंक जोड्दै आठौं स्थानमा उक्लिएको छ ।

बार्सिलाेनाले आइतबार काडिजसंग खेल्नेछ । बार्सिलोनाले खेल जितेमा एट्लेटिकोसँग अंकदुरी ६ मा झार्नेछ ।

एट्लेटिको मड्रिड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय