
१५ फागुन, काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सार्वजनिक निष्कासन भएका धितोपत्र बाँडफाँटको नतिजा हेर्नका लागि छुट्टै वेबसाइट सार्वजनिक गरेको छ ।
धितोपत्र बाँडफाँटको नतिजा सीमित वेबसाइटबाट मात्र हेर्न सकिने व्यवस्था गर्दा समयमै नतिजा हेर्न नसक्ने भएपछि सीडीएसले नयाँ वेबसाइट सञ्चालनमा ल्याएको हो । अबदेखि धितोपत्र बाँडफाँटको नतिजा iporesult.cdsc.com.np मार्फत हेर्न सकिनेछ ।
सार्वजनिक निष्कासनको नतिजामात्र राखिने उक्त वेबसाइट सुरक्षित, छरितो तथा धेरै लगानीकर्ताले एकसाथ प्रयोग गर्न सक्ने गरी उच्च क्षमतामा तयार गरिएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।
सो वेबसाइटमा लगानीकर्ताले सार्वजनिक निष्कासन भएका धितोपत्र बाँडफाँटको नतिजा बाँडफाँट सम्पन्न हुनेबित्तिकै हेर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4