+
+
Shares

आगलागीमा परी एक किशोरको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १७ गते १३:४९

१७ फागुन, काठमाडौं । प्युठानको एक आश्रमभित्र रहेको गोठमा आगलागी हुँदा त्यहाँ कार्यरत एक किशोरको मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका-२ स्वर्गद्वारी आश्रमभित्र रहेको गोठमा आइतबार साँझ भएको आगलागीमा परी १५ वर्षीय हेम विकको परी मृत्यु भएको हो ।

यसैगरी दाङको गढवा गाउँपालिका-७ शान्तिपुरका मणिराम रिजालको गोठबाट आइतबार साँझ आगलागी हुँदा २४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यस्तै चितवनको माडी नगरपालिका-७ देवेन्द्रपुर शिवालय मन्दिर नजिक बस्ने ४८ वर्षीय टोकप्रसाद गौडेलको घरमा आइतबार दिउँसो आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी कपिलवस्तुको विजयनगर गाउँपालिका-४ त्रिपालनगरका २७ वर्षीय पारस जैसीले आफ्नो घरमा रहेको विद्युतीय सामग्री तोडफोड गरी आइतबार राति आफ्नै धनसारमा आगजनी गर्दा २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरी चौकी पत्थरदेहियाबाट खटिएको टोलीले जैसीलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?