+
+
Shares

पल र मलिकाको जोडी अब फिल्ममा

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १७ गते १५:५९

नायक पल शाह र नायिका मलिका महत्तले अभिनय गरेका २ वटा भिडियोले तहल्का नै मच्चायो । ‘फुलबुट्टे सारी र टाढा भएपनि’ बोलको गीतमा देखिएपछि यो जोडीलाई दर्शकले अत्याधिक रुचाए । म्यूजिक भिडियोमा चलेपछि पल र मलिकालाई लिएर चलचित्र बनाउने तयारी गरिएको छ ।

पल र मलिकालाई लिएर ‘फुलबुट्टे सारी र टाढा भएपनि’ बोलको गीतको भिडियो तयार गरेको केन्द्र मोसन पिक्चर्सले नै चलचित्रको तयारी गरेको हो । यतिबेला चलचित्रको धमाधम कथा लेख्ने काम भैरहेको छ । पोखरामा रहेर कलाकार माओत्से गुरुङ र उनको टिमले चलचित्रको कथा लेखिरहेको छ ।

मलिकासँग एकसाथ चलचित्रमा काम गर्ने बिषयमा पलले भने–‘हो, चलचित्रमा काम गर्ने बिषयमा कुरा भएको छ । केन्द्र मोसन पिक्चर्सले हामीसँग नयाँ खालको संझौता गर्ने तयारी गरेको छ । केही महिनाका लागि म र मलिकाले एकसाथ अन्य टिमको भिडियोमा काम गर्ने सहमती हुँदैछ ।’

केन्द्र मोसन पिक्चर्सले बनाउन लागेको चलचित्रको कथा सुन्ने र मन परेको खण्डमा काम गर्ने पलले बताए । यदि, कथा मन परेन भने फेरि नयाँ कथामा केन्द्र मोसनबाटै काम गर्ने तयारी रहेको पलले बताए ।

पल भन्छन्–‘दर्शकले हाम्रो जोडीलाई मन पराउनुभएको छ । यसैले, हामीलाई लिएर भिडियो र चलचित्र बनाउने सोच अरु केही टिमको पनि छ । तर, हामी सुरुवातमा केन्द्र मोसनकै चलचित्रमा काम गर्ने तयारीमा छौं ।’ यसका लागि सबै कुरा मिलेपछि संझौता हुने पलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?