
१९ फागुन, बुटवल । रुपन्देहीको सैनामैनामा प्रथम मेयरकप बी लेभल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । सैनामैना नगरपालिकाको आर्थिक सहयोग तथा दुधराक्ष युवा क्लबको आयोजनामा शुक्रबारदेखि प्रतियोगिता हुन लागेको हो ।
सैनामैना–६ स्थित दुधराक्ष ब्याडमिन्टन क्लबको कोर्टमा सञ्चालन हुने मेन्स डबल्स प्रतियोगितामा ३० समूहको सहभागिता रहने क्लबका अध्यक्ष विष्णु पाण्डेले जानकारी दिए ।
प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५,उप विजेताले ३३ हजार ३ सय ३३ र तृतीय हुने दुई समूहले ११ हजार १ सय ११ रुपैया नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
करिब ४ लाख खर्च अनुमान गरिएको प्रतियोगिताका लागि सैनामैना नगरपालिकाले २ लाख ५० हजार आर्थिक सहयोग गर्ने नगर प्रमुख चित्रबहादुर कार्कीले बताए । पत्रकार सम्मेलनमा क्लबले गत वर्ष सांस्कृतिक कार्यक्रममार्फत वचत गरेको रकमबाट ३० हजार रुपैयाँ स्थानीय रामापुर माविमा अक्षयकोष स्थापनाका लागि हस्तान्तरण गरिएको थियो ।
प्रतिक्रिया 4