+
+
Shares

प्रधानमन्त्री पाउँ भनेको छैन, जिम्मेवारी आए भाग्दिनँ : देउवा

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १९ गते १८:३७

१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले प्रधानमन्त्री पद नमागेको, तर प्रस्ताव आए स्वीकार गर्ने बताएका छन् ।

संसद विघटन गर्ने सरकारी निर्णय बदर भएसँगै नेकपाको प्रचण्ड–माधव समूहले संयुक्त सरकार गठनको प्रस्ताव गर्दा देउवाले पार्टीमा छलफल गर्नुपर्छ भनेका थिए । तर बुधबार चितवनमा आयोजित कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेका हुन् ।

पदको लोभ नभएको, तर जिम्मेवारी आए नभाग्ने भन्दै उनले भनेका छन्, ‘प्रधानमन्त्री पाऊँ–प्रधानमन्त्री पाउँ भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन ।’

उनीभन्दा अगाडि बोलेका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस प्रतिपक्षी भूमिकाबाट दायाँबायाँ हुन नहुने बताएका थिए । त्यसको जवाफ दिँदै देउवाले भने, ‘अरु पार्टीको (प्राधनमन्त्री) हुनुभन्दा आफ्नै पार्टीको हुँदा फाइदा नै होला, खुसी हुनुहोला भन्ने लाग्थ्यो । तर तपाईको कुरा अरु होस्, शेरबहादुर हुनै हुँदैन भने जस्तो लाग्यो । सानो चित्त नगर्नुस्, विशमल हृदय राख्नुस् रामचन्द्रजी ।’

उनले अघि भने, ‘प्रधानमन्त्रीका लागि मरिमेन्टेवाला पनि छैन, जिम्मेवारी आए भाग्ने वाला पनि छैन ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?