+
+
Shares

राजतन्त्रकालदेखि नै अदालतमाथि विश्वास छ, कांग्रेस सभापति मै हुँ : देउवा

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते १८:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टी आधिकारिकता विवादमा अदालतले आफूलाई न्याय दिने विश्वास व्यक्त गरे।
  • वीरेन्द्रनगरमा देउवा पक्षको कर्णाली प्रदेशस्तरीय अधिवेशन उद्घाटन गर्दै उनले आफू अझै वैधानिक सभापति रहेको दाबी गरे।
  • देउवाले आफूले राजीनामा नदिएको र अब नयाँ पुस्तालाई नेतृत्वमा अवसर दिनुपर्ने बताए।

१३ मंसिर, सुर्खेत । नेपाली कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टी आधिकारिकता विवादमा अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन्। उनले आफू अझै पनि पार्टीको वैधानिक सभापति रहेको दाबी गर्दै अदालतबाट आफ्नो पक्षमा फैसला आउने बताए।

आइतबार सुर्खेतको वीरेन्द्रनगरमा देउवा पक्षले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय अधिवेशनको उद्घाटन गर्दै उनले आफूले राजीनामा नदिएको र पार्टी विधानअनुसार दुई तिहाइ बहुमतबाट पनि सभापतिबाट नहटाइएको जिकिर गरे ।

उनले पार्टीको आधिकारिकतासम्बन्धी विवाद अदालतमा विचाराधीन रहेकाले त्यसबारे धेरै बहस गर्न आवश्यक नभएको बताउँदै नेपालको संविधान र पार्टी विधानअनुसार आफूहरूले आधिकारिकता पाउने दाबी गरे ।

‘जस्तोसुकै अवस्थामा पनि सभापति मै हुँ । अब महाधिवेशनमा निष्पक्ष निर्वाचन हुन्छ । चुनावबाट जित्ने साथी सभापति बन्नुहुन्छ,’ उनले भने । देउवाले न्यायालयप्रति आफूलाई राजतन्त्रकालदेखि नै विश्वास रहेको उल्लेख गरे।

आफू पाँचपटक प्रधानमन्त्री भइसकेको र पार्टी तथा देशका जनताबाट पर्याप्त अवसर पाइसकेको उल्लेख गर्दै उनले अब नयाँ पुस्तालाई नेतृत्वमा अवसर दिनुपर्ने धारणा राखे ।

‘यो पार्टी र देशका जनताले मलाई धेरै दिइसकेका छन् । अब मैले देश र जनतालाई दिन बाँकी छ । अब म फेरि न पार्टी सभापति हुन्छु, न प्रधानमन्त्री,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?