Comments Add Comment

सर्लाहीमा छतबाट खसेर मजदुरको मृत्यु

२० फागुन, जनकपुरधाम । सर्लाहीमा छतबाट खसेर एकजना मजदुरको मृत्यु भएको छ । सदरमुकाम मलंगवा नगरपालिका-४ पानी टंकीस्थित रामबाबु साहको दोस्रो तल्लाको छत ढलान गर्ने क्रममा खसेर ती मजदुरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कौडेना गाउँँपालिका-२ इनर्वा बस्ने २० वर्षीय श्याम मुखिया रहेको सर्लाही प्रहरीका प्रबक्ता मदन कुँवरले जानकारी दिए ।

छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा लाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ । ा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment