+
+
Shares

सल्यानका ४९ जना थिए बाढीप्रभावित क्षेत्रमा, ३५ सम्पर्कविहीन

अमृत बाबु बुढाथोकी अमृत बाबु बुढाथोकी
२०८३ भदौ ११ गते १४:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशी बाढीपछि रोजगारीका लागि त्यहाँ पुगेका सल्यानका ४९ जनाको विवरण सार्वजनिक भएको छ।

११ भदौ, सल्यान । रसुवाको भोटेकोशीमा आएको बाढीपछि रोजगारीको सिलसिलामा रसुवा पुगेका सल्यानका ४९ जनाको विवरण सार्वजनिक भएको छ । सार्वजनिक विवरणअनुसार तीमध्ये केही घाइते छन् भन् केही परिवारको सम्पर्कमा रहेका छन् । ठूलो संख्या अझै सम्पर्कविहीन रहेको छ।

बाढीपछि सल्यानका विभिन्न स्थानीय तहले रसुवामा रहेका आफ्ना नागरिकको अवस्था पहिचान गर्न विवरण संकलन गरिरहेका छन्।

उपलब्ध विवरणअनुसार बनगाड कुपिण्डे नगरपालिका–६ गैरागाउँका गिरिलाल बुढाथोकी र ढाँकवीर ऐरी घाइते भएका छन् । सोही क्षेत्रका सुनिता बुढाथोकी, डिला बुढाथोकी, निर्मला बुढाथोकी, निराजन बुढाथोकी, केशव बुढाथोकी, बिना ऐरी, दीपिका ऐरी, चित्रबहादुर पुन, पवित्रा राना पुन, जितेन्द्र पुन र गगन बस्नेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

त्यस्तै कुमाख गाउँपालिका–३ गुरुदासेका दुर्गाबहादुर राना, निमप्रकाश राना, गणेश राना, नवीन राना, झ्यासे राना, नन्दराम राना र चित्रबहादुर राना पनि रसुवामा कामको सिलसिलामा पुगेका थिए । उनीहरू सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

त्रिवेणी गाउँपालिका–५बाट रसुवा पुगेका प्रेम महतरा, पोषण महतरा, रुपलाल विक, निमकुमार विक, लालसिंह विक र प्रकाश विकसमेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । यसैगरी कपुरकोट गाउँपालिका–६ का ११ जना श्रमिक पनि सम्पर्कविहीन रहेको गाउँपालिकाले जनाएको छ।

कपुरकोट–६ बाट सम्पर्कविहीन हुनेमा हिमलाल सार्की, रामबहादुर सार्की, तिलक सार्की, किरण विक, मानबहादुर विक, लालबहादुर विक, प्रकाश सार्की, टेकबहादुर बस्नेत, लक्ष्मण सार्की, भीमबहादुर ठकुरी र खिमबहादुर दमाईलगायत छन्।

त्यसैगरी शारदा नगरपालिका–१३ का प्रमिला बुढाथोकी, लक्ष्मी बुढाथोकी, प्रविण बुढाथोकी, रिता बुढाथोकी र हिमबहादुर बुढाथोकी पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । कालिमाटी गाउँपालिका–३ का भूपेन्द्र रावत र भूपेन्द्रबहादुर खत्री तथा अन्य स्थानीय तहका केही नागरिक पनि रसुवामा रहेकाले उनीहरूको अवस्थाबारे विवरण संकलन भइरहेको छ।

यसअघि सार्वजनिक विवरणअनुसार सल्यानका कम्तीमा ३५ जना रसुवाको बाढीपछि सम्पर्कविहीन रहेको बताइएको थियो । स्थानीय तहबाट थप विवरण संकलन भइरहेकाले प्रभावित तथा सम्पर्कविहीनको संख्या अझै यकिन हुन बाँकी रहेको छ।

जिल्ला प्रशासन कार्यालय सल्यानले स्थानीय तहसँग समन्वय गरी रसुवामा रोजगारीका लागि पुगेका सल्यानवासीको यथार्थ विवरण संकलन भइरहेको जनाएको छ । बाढीमा परी घाइते भएका सल्यानका केही व्यक्तिको उपचार भइरहेको छ भने सम्पर्कविहीनहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ ।

संकलन गरिएको विवरण

लेखक
अमृत बाबु बुढाथोकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?