+
+
Shares

लाङटाङ जलविद्युत् आयोजना सुरुङमा फसे २५ बढी मजदुर

नदीको सतह भन्दा १ सय मिटरमाथि सुरुङमा काम गर्दै गरेका मजदुर फसेका छन् । उनीहरूको उद्धार हुन सकेको छैन । मोबाइल सम्पर्क समेत हुन सकेको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १४:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लाङटाङ जलविद्युत् आयोजनाको २० मेगावाट सुरुङमा २५ भन्दा बढी मजदुर फसेका छन् ।
  • प्रबन्ध निर्देशक विजयमोहन भट्टराईले नदीको सतहभन्दा १ सय मिटरमाथि काम गरिरहेका मजदुर फसेको र उद्धार हुन नसकेको बताए ।
  • उनका अनुसार आयोजनामा करिब ६० मजदुर काम गरिरहेका थिए र हेडवर्क्समा काम गर्ने कर्मचारी सुरक्षित रहेको जानकारी आएको छ ।

१० भदौ, काठमाडौं । लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा २५ भन्दा बढी मजदुर फसेका छन् ।

२० मेगावाट जलविद्युत् आयोजनाको सुरुङमा ती मजदुर फसेको कम्पनीका प्रबन्ध निर्देशक तथा इप्पानका सचिव विजयमोहन भट्टराईले जानकारी दिए ।

उनका अनुसार नदीको सतह भन्दा १ सय मिटरमाथि सुरुङमा काम गर्दै गरेका मजदुर फसेका छन् । उनीहरूको उद्धार हुन सकेको छैन । मोबाइल सम्पर्क समेत हुन सकेको छैन ।

‘म आफैं हेलिकप्टर लिएर जान खोजेको थिँए, तर सबै सरकारले परिचालन गरेका कारण हेलिकप्टर उपलब्ध हुन सकेन,’ उनले भने, ‘उद्धारमा सरकारका निकायले तत्परता देखाउनुपर्ने छ ।’

उनका अनुसार आयोजनामा ६० हाराहारी मजदुर काम गरिरहेका थिए । यी सबै कामदारबारे पूर्ण जानकारी आइसकेको छैन । ‘हेडवर्क्समा काम गरिरहेका कर्मचारी सुरक्षित रहेको जानकारी आएको छ,’ उनले भने, ‘अन्यको अवस्था बुझ्ने क्रममा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?