+
+
Shares

सुरुङमा फसेका मजदुरको उद्धारमा डेडिकेटेड हेलिकप्टर परिचालन

टनेल भित्रबाट थप २ जनाको सकुशल उद्धार गरिएको प्राधिकरणले जनाएको छ । कठिन भौगोलिक अवस्थिति र प्रतिकुल वातावरणले ती भेगमा उद्धार कठिन बनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते ११:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले अपर त्रिशुली ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका मजदुरको उद्धारमा डेडिकेटेड हेलिकप्टर परिचालन गरेको छ।
  • नेपाल विद्युत् प्राधिकरणले थप उद्धार सामग्रीसहित टोली पठाएर टनेलभित्र रहेका व्यक्तिको उद्धार कार्यलाई प्रभावकारी बनाएको छ।
  • बिहीबार ३५० जनाको उद्धार भएपछि आज सुरुङबाट थप २ जनालाई सकुशल उद्धार गरिएको छ।

१२ भदौ, काठमाडौं । सरकारले जलविद्युत् आयोजनाको सुरुङमा फसेका मजदुरको उद्धारमा डेडिकेटेड हेलिकप्टर परिचालन गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार अपर त्रिशुली ए जलविद्युत् आयोजनामा उद्धार केन्द्रित गरिएको छ । टनेल भित्र रहेका व्यक्तिको उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक उद्धार सामग्रीसहित टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।

अपर त्रिशुलीबाट बिहीबार ३५० जनाको उद्धार गरिएको थियो । आज टनेल भित्रबाट थप २ जनाको सकुशल उद्धार गरिएको प्राधिकरणले जनाएको छ । कठिन भौगोलिक अवस्थिति र प्रतिकुल वातावरणले ती भेगमा उद्धार कठिन बनेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?