Comments Add Comment

‘कर्णाली प्रदेशमा राज्यले लगानी बढाउन आवश्यक’

सुर्खेत, २० फागुन । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले विकासका दृष्टिले निकै पछाडि रहेको कर्णालीमा राज्यले लगानी बढाउनु पर्ने बताएका छन् ।

नगर विकास कोषले बिहीबार सुर्खेतमा आयोजना गरेको प्रादेशिक कार्यशाला गोष्ठीमा उपस्थित प्रदेशभरिका नगरपालिका प्रमुखहरुलाई सम्बोधन गर्दै प्रदेश प्रमुख कलौनीले कर्णालीलाई विशेष प्राथमिकता दिएर लगानी गर्न सुझाव दिएका हुन् ।

कर्णालीका स्थानीय तहमा स्रोत मात्रै भएर पनि विकास हुन नसक्ने भन्दै उनले दक्ष जनशक्ति व्यवस्थापन गर्नु पनि उत्तिकै आवश्यक रहेको बताए । कार्यक्रममा नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले कोषले चार वर्षभित्र सबै नगरपालिकासँग सहकार्य गर्ने रणनीति रहेको बताए । पछाडि रहेका नगरपालिकालाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने उनको भनाइ थियो ।

नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्यञ्जुले ऋण लिएर पूर्वाधार निर्माण गर्न मेयरहरुलाई नहिच्किचाउन आग्रह गरे । उनले बाहिरी मुलुकका उदाहरण दिँदै नगरपालिकाले आँट गरेर आन्तरिक श्रोत वृद्धि गर्ने खालका आयोजनामा लगानी गर्दै नगरलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्नुपर्ने धारणा राखे ।

कार्यक्रममा सहभागी कर्णाली प्रदेशअन्तर्गतका नगरपालिका प्रमुखहरुले संरचना बनाउन जग्गा आवश्यक रहेको गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment