
२१ फागुन, काठमाडौं । घुस लिएको आरोपमा बागमती प्रदेशअन्तर्गत मकवानपुरको हेटौंडास्थित पर्यटन विकास आयोजनाका सवइन्जिनियर नेत्रप्रसाद लामिछाने पक्राउ परेका छन् ।
सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
सवइन्जिनियर लामिछानेले निर्माण कार्य सम्पन्न पश्चात धरौटी रकम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । कार्यालय परिसरबाटै पक्राउ परेका लामिछानेमाथि आयोगले थप अनुसन्धान गरिरहेको प्रवक्ता रिसालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4