+
+

जग्गा दलालीको वातावरण बनाउन औद्योगिक क्षेत्र शिलान्यास : घनश्याम

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २१ गते २१:१८

२१ फागुन, बुटवल । अर्थमन्त्री विष्णु पौडेलले आफ्नो चुनावी बाचा विपरित मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेको भन्दै नेकपा प्रचण्ड-माधव समूहका नेता घनश्याम भुसालले विरोध गरेका छन् ।

प्रतिनिधिसभामा यसै क्षेत्रबाट उम्मेदवार हुँदा पौडेलले स्थानीय बासिन्दाको समस्या समाधान नभई औद्योगिक कोरिडोरको कुनै काम शुरु भए राजनीतिबाटै सन्यास लिन्छु भनेर पटकपटक वाचा गरेको उनको दाबी छ । तर शुक्रबार स्थानीयमाथि लाठी बर्साएर औद्योगिक क्षेत्रको शिलान्यास गरिएको भुसालले बताएका छन् ।

स्थानीय चर्को विरोधका बाबजुद अर्थमन्त्री एवं रुपन्देही २ का सांसद पौडेलले शुक्रबार औद्योगिक क्षेत्र शिलान्याश गरेका थिए । रुपन्देही ३ का सांसद भुसालले भने स्थानीय बासिन्दाको माग पूरा नगरी हतारमा औद्योगिक क्षेत्रको शिलान्याश गर्नु जग्गा दलालीको वातावरण बनाउने वाहेक केही नभएको बताए ।

करिब साढे चार दशकदेखि बसोबास गर्दै आएका जनताको उचित व्यवस्थापनको विकल्प नदिएको तथा वातावरणीय प्रभाव मूल्याङकन समेत नगरी केवल राजनीतिक प्रचारका लागि शिलान्याश गरिएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विरोध प्रदर्शनमा उत्रिएका जनतामाथि कामचलाउ सरकारका दुई जना मन्त्रीले दमनपूर्ण हर्कत गरेको उनले बताए । ‘वातावरणीय प्रभाव मूल्यांकन गरेपछि स्थानीय बासिन्दाको व्यवस्थापन गरेर मात्रै अरु काम अघि बढाउने विषयमा उद्योग मन्त्री, औद्योगिक व्यवस्थापन लि.का अधिकारीहरुसँग भएको सहमति समेत तोडेर ढल्दै गरेको सरकारका मन्त्रीहरुले सयौं सुरक्षाकर्मीको घेराभित्र बसेर कायरतापूर्वक नागरिक दमनको जुन नांगो नाच नाचेका छन्, त्यसको हिसाब किताब हुने नै छ’ पूर्वमन्त्री भुसालले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?