+
+
Shares

थानकोट डिपोको पहिलो चरणको स्तरोन्नति

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २३ गते १२:०९

२३ फागुन, काठमाडौं । नेपाल आयल निगमको बाग्मती प्रादेशिक कार्यालय स्तरोन्नति परियोजनाको पहिलो चरणअन्तर्गतका कामहरु सम्पन्न भएको छ । इन्धन बोक्ने ट्यांक ट्रक पार्किङ यार्ड, अग्नी निणन्त्रण सुरक्षा प्रणाली आधुनिकीकरण, इन्धन लोडिङ टीएलएफ सेडमा फ्लो मिटर जडान लयातका कामहरु सकिएको डिपोले जनाएको छ ।

डिपोको स्वमित्वमा रहेको ३९ रोपनीमध्ये २० रोपनीमा पार्किङ यार्ड निर्माण गरिएको छ । नयाँ पार्किङ यार्डमा करिब तीन सय ट्यांकर अट्ने डिपोले जनाएको छ । नयाँ संरचनापछि अव्यवस्थित पार्किङको समस्या समाधान भएको निगमको बाग्मती प्रदेशको प्रादेशिक कार्यालय प्रमुख प्रदीप यादवले बताए ।

छिटो तेल विवरण गर्न सक्न ट्यांकरमा तेल भर्ने पोइन्टको संख्यालाई बढाएर दोब्बर पुर्‍याइएको पनि डिपोले जनाएको छ । यस्तै डिपो सुरक्षाका लागि ३ सय ७० मिटर लम्बाइ र ११ फिट अग्लो पर्खाल पनि निर्माण पनि सकिएको छ । डिपोमा १५ हजार किलोलिटर तेल भण्डारण गर्ने क्षमता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?