Comments Add Comment

सर्वोच्चले बेठीक समयमा फैसला दियो : देव गुरुङ

२३ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका नेता एवं संसदीय दलका मुख्य सचेतक देव गुरुङले ओली प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलालाई ‘बेठीक टाइम’को न्यायको संज्ञा दिएका छन् ।

संसदीय दलका नेता परिर्वतनको सूचना दर्ता गराएर निस्कदै गर्दा संसद सचिवालय सिंहदरबारमा संचारकर्मीलाई फैसला बारे प्रारम्भिक प्रतिक्रिया दिँदै नेता गुरुङले ‘बेठीक टाइम’मा न्याय दिने काम भएको बताएका हुन् ।

उनले अदालतको फैसलाले दलको आधिकारिकता सम्बन्धी निर्वाचन आयोगको ‘डेडलक’लाई अझै मद्दत पुग्न सक्ने बताए । नेता गुरुङले फैसलासंगै साविकको नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई व्युँताई यथास्थानमा गयो भन्न नमिल्ने तर्क गरे । उनले पार्टी एकीकरण पछि ३ बर्षमा धेरै कामहरु भएको र त्यसलाई सरकारले पनि स्वामित्वमा लिएकाले नाम परिवर्तन हुदैमा एकीकरणका सबै अवयव मेटिन नसक्ने उल्लेख गरे ।

‘जुन परिस्थितिमा आएर फैसला गरेको छ यसले नेपाल कम्युनिष्ट पार्टी नेकपाको निर्वाचन आयोगमा परिराखेको बहसको सम्बन्धमा केही केही प्रभाव पार्न सक्छ भन्ने लाग्छ । अहिले चाहिँ उपयुक्त समय हो भन्ने देखिदैन । न्याय इनटाइममा दिनुपर्थ्यो। बेठीक टाइममा चाहिँ न्याय दिने काम भयो । यसले पार्ने साइड इफेक्टहरु के कस्तो पार्छ हाम्ले हेरेर मात्रै पछि प्रतिक्रिया दिउँला’ उनले भने ।

नेता गुरुङले सर्वोच्च अदालतको फैसलाले धेरै ठाउँमा असर पार्ने प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment