+
+
Shares

नक्कली नोटसहित कञ्चनपुरबाट एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २६ गते १३:०३

२६ फागुन, काठमाडौं । नक्कली नोटसहित कञ्चनपुरको कृष्णपुरबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका-९ पिपरीयाका २५ वर्षीय सञ्जय रानालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उनको साथबाट १ हजार दरको २ थान र १ सय दरको २ थान नक्कली नोट तथा नक्कली नोट बनाउन प्रयोग हुने सामान पनि प्रहरीले बरामद गरेको छ ।

रानाले नक्कली नोट छाप्ने कार्य गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनको खुद्रा पसल जाँच गर्दा नक्कली नोट फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?