+
+
Shares

पुष्प र साम्राज्ञीको ‘मारुनी’ युटुबमा रिलिज, दर्शकको उत्कृष्ट प्रतिक्रिया

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २८ गते ११:०३

गतबर्षको भदौमा रिलिज भएको चलचित्र ‘मारुनी’ युटुबमा सार्वजनिक गरिएको छ । दर्शक तथा समिक्षकबाट राम्रो प्रतिक्रिया पाएको चलचित्रलाई बुढासुब्बा डिजिटलले शनिबार युटुममा सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको केही घन्टामै यो चलचित्र युटुबको ट्रेन्डिङमा छ । चलचित्रलाई २० घन्टामा ३ लाख ६० हजार पटक हेरिएको छ । नवल नेपालको निर्देशनमा पुनम गौतमले बनाएको यो चलचित्रलाई युटुबमा पनि दर्शकको उत्कृष्ट प्रतिक्रिया मिलिरहेको छ ।

११ सय भन्दा बढी प्रतिक्रिया पाएको चलचित्रलाई दर्शकले उत्कृष्ट मात्र भनेका छैनन्, नेपाली चलचित्र क्षेत्रमै नयाँ स्वादको चलचित्र भनेका छन् । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो चलचित्रमा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुरुङको मुख्य भूमिका छ ।

हलपछि युटुबमा पनि दर्शकले सुखद प्रतिक्रिया दिएपछि निर्मात्री पूनम गौतम उत्साहित छिन् । उनले, चाडै नै पूनम इन्टरटेन्मेन्टले नयाँ चलचित्र दर्शकमाझ लिएर आउने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?