Comments Add Comment

महन्थ ठाकुरलाई प्रश्न : प्रधानमन्त्रीमा तपाईंको नाम चर्चामा छ नि ?

२८ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयमा छलफल नभएको बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेसका पदाधिकारीसँग छलफलपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले यो खबर पत्रकारको मुखबाट पहिलो पटक सुनेको टिप्पणी गरे ।

‘तपाईंहरुको मुखबाट सुनेको छु, मलाई त यस्तो कुरा कसैले राखेको छैन’ ठाकुरले भने ।

प्रधानमन्त्रीमा तपाईंकै नाम चर्चामा छ ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘यस्तो राम्रो खबर त्यसका लागि तपाईलाई धन्यवाद छ । प्लिजिङ सरप्राइज ।’

शुक्रबार जनता सामाजवादी पार्टीको संसदीय दलको बैठकपछि नेता राजकिशोर यादवले भने आफूहरुकै नेतृत्वमा सरकार बनाउने विषयमा छलफल भएको बताएका थिए ।

‘नेपालमा पर्सेप्सन नै के भयो भने हामी खाली अरुको समर्थन गर्न मात्रै हो, कसलाई समर्थन गर्दै हुनुहुन्छ भन्ने प्रश्न उठाइन्छ’ यादवले भने, ‘यसलाई हामीले चिर्ने र ऐतिहासिक कार्यभारको नेतृत्व जसपाले लिन तयार हुनुपर्छ ।’

कांग्रेससँगको छलफलमा आफ्नो कुरा राखेको जसपा अध्यक्ष महन्थ ठाकुरले बताए । ‘हामीले पनि एजेन्डा राख्यौं, हाम्रा साथीहरु छुट्नुपर्छ’ उनले भने ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनता समाजवादी पार्टीले नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा एक ठाउँमा उभिनुपर्ने प्रस्ताव आएको बताए । ‘कांग्रेस, माओवादी जसपा एक ठाउँमा उभिनुपर्छ भन्ने उहाँ (जसपा) को कुरा आयो’ उनले भने ।

कांग्रेसको वर्तमान र पूर्वपदाधिकारीको बैठकले पनि केपी शर्मा ओली नेतृत्वको सरकारको उचित विकल्पमा जानुपर्ने निर्णय गरेको शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment